काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहको संसदीय दलको बैठक सुरु भएको छ।
सिंहदरबारस्थित् दलको कार्यालयमा बैठक सुरु भएको हो। आजको बैठकमा उपस्थित् सांसदहरुको हस्ताक्षरसहित दाहाल नेपाल समूह निर्वाचन आयोग जाने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल हुने बुझिएको छ। संसद् बैठक यही फागुन २३ गते बस्ने भएको छ।
प्रचण्ड–माधव पक्षद्धारा सांसद्हरुको हस्ताक्षर संकलन
यस्तैगरी प्रचण्ड–माधव पक्षले संसदीय दलको बैठकअघि आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्नुअघि प्रचण्ड नेपाल पक्षका सांसद्हरुले हस्ताक्षर गरेका हुन् ।
पार्टीको केन्द्रीय समितिमा बहुमतमा रहेको प्रचण्ड–माधव पक्षले संसदीय दलमा पनि बहुमत सिद्ध गर्ने कसरतमा रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
