कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।
सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
नेपाल–भारत सीमा क्षेत्र नजिकै गस्ती गरिरहेको प्रहरी टोलीमाथि तस्करहरुको समूहले गोली चलाएपछि जवाफी फायरिंगमा एक भारतीय नागरिकको मृत्यु भएको हो।
प्रहरीका अनुसार ४ जनाको संख्यामा रहेका तस्करहरुको समूहले गस्तीमा रहेको प्रहरी टोलीमाथि चलाएको गोली लागेर जना प्रहरी सामान्य घाइते भएको र उत्तर प्रदेशको तिलिभितका २५ वर्षीय गोविन्द सिंहको मृत्यु भएको छ ।
मृतकको साथबाट नक्कली नोट छाप्ने मेसिन र कागजातसँगै लागूऔषध समेत बरामद भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
