सांसदलाई काठमाडौँ नछाड्न काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसले आफ्ना सांसद्हरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकका लागि उपस्थित हुनै पर्ने भन्दै काँग्रेसले उपत्यका नछाड्न निर्देशन दिएको हो।

Advertisement

शुक्रबार दलको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई सर्कुलर गरिएको काँग्रेसकी सचेतक पुष्पा भुसालले जानकारी दिइन।

संसद् पुनःस्थापनपछि पहिलो पटक बस्न लागेको शुक्रबारको प्रतिनिधिसभा बैठकमा काँग्रेसको भूमिका कस्तो हुने र कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिने भुसाल बताइन्।

केही दिन अघि नेकपाको दाहाल–नेपाल समूहले पनि आफू निकटका सांसदहरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिइसकेको छ।

प्रतिनिधि सभामा नेपाली काँग्रेसका ६१ सांसद छन्।

More News last news
Loading...