महाधिवेशनका लागि राप्रपाले गठन गर्‍यो केन्द्रीय निर्वाचन समिति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ।

आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनका लागि हरिबहादुर बस्नेतको अध्यक्षतामा केन्द्रीय निर्वाचन समिति गठन गरेको राप्रपाले जनाएको छ।

Advertisement

समितिको सहअध्यक्षमा तोरणबहादुर गुरुङ, सचिवमा गीताभक्त जोशी तथा सहसचिवमा झनक प्याकुरेल रहेका छन्।

रोशन कार्की, कैंया चौधरी, श्यामबहादुर शाही, पुष्कर अधिकारी र रामेश्वर श्रेष्ठ निर्वाचन समितिको सदस्य रहेको राप्रपाले जनाएको छ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन प्रतिनिधिहरुको निर्वाचनको मितिसमेत तोकिसकेको छ।

More News last news
Loading...