काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको बढेको छ।
अघिल्लो दिन तोलामा ४ सय रुपैयाँले बढेको सुनको भाउ आज प्रतितोला १७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुन प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज तेजावी सुन प्रतितोला ८६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
