काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक दल कसको भन्ने टुंगो आउँदो फागुन २० गते लाग्ने भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएको विषयमा नेकपाका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनमा बिहीबार सुनुवाइ सकिएपछि फैसला मिति तोकिएको हो।
न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहीबार सुनुवाइ सकिएको थियो । फैसला सुनाउने मिति फागुन २० लाई तोकिएको छ ।
नेकपाका अध्यक्ष कट्टेलले वि.स. २०६९ सालमा नेकपा नामक पार्टी आफूले दर्ता गरेको तर पछि नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि वि.संं. २०७५ साल जेठ ३ गते निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नाममा निर्वाचन आयोगमा दर्ता गरेको विरुद्ध रिट दायर गरेका थिए।
निर्वाचन आयोगले त्यतिबेला केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पार्टी नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको निर्णय गरेको थियो।
अध्यक्ष कट्टेलले २०७५ मंसिर २१ गते आयोगको उक्त निर्णयविरुद्ध रिट दायर गरेका थिए। उक्त रिटमा फैसला हुन लागेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
