एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३-० गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे।
यस्तै जोर्डी अल्बाको नाममा एक गोल रह्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले तीन गोल गरेको थियो ।
खेलको ४८ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६८ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना २–० ले अघि रह्यो ।
त्यसपछि खेलको ७३ औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए । जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २४ खेलमा ५० अंक जोडेको छ ।
बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ५ अंकले पछि रहेको छ । इल्चे २१ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
