सर्वोच्चको निर्णयले देश दुर्घटना हुनबाट जोगियोः रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापनाको फैसला गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् ।

‘संविधानअनुसार न्याय दिएर सर्वोच्चले देशलाई दुर्घटनाबाट बचाएको छ। म न्यायमुर्तिहरुलाई धन्यवाद दिन्छु,’ उनले भने, ‘अब संसदले नै नयाँ नेतृत्व चयन गर्नुपर्छ ।’

Advertisement

केपी शर्मा ओलीलाई अब सत्तामा एक सेकेन्ड पनि रहने नैतिक अधिकार छैन। उनले तुरुन्त राजीनामा दिनुपर्छ, पौडेलले भने ।

More News last news
Loading...