ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको ह्वात्तै बढेको छ।

सोमबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यसैगरी आज तेजावी सुन प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...