काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सर्लाहीको मलंगवा नगरपालिका–३ घर भइ काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्दै आएका ४१ वर्षीय मोहम्मद मेराज मिकरानीलाई १ सय ५० ग्राम बराबरको सुनका तीन थान बालासहित प्रहरीले पक्राउ गरेको हो।
उनले कतार एयरवेजको उडानमार्फत नेपाल आएका यात्रुले ल्याएको सुन संकलन गरेर लैजान लागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
कतार एयरवेजबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाएर मिकरानीले सुन लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
