नेकपा दाहाल-नेपाल समूहले ६८ जिल्ला कमिटीमा अध्यक्ष र सचिव टुंगो लगायो

काठमाडौँ । राजनीतिक रुपमा पार्टी विभाजन भएको दुई महिनापछि नेकपाको दाहाल–नेपाल समूहले ६८ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ।

फागुन १ र २ मा बसेको स्थायी कमिटी बैठकले जिल्ला अध्यक्ष र सचिवको नाम टुंगो लगाउने जिम्मा सचिवालयलाई दिएको थियो। त्यसैअनुसार फागुन ७ गते संगठनात्मक एकतासम्बन्धी आठ बुँदे मापदण्ड एवं आधार तयार पारेको थियो।

Advertisement

सामान्यतया पार्टी कमिटी तथा जनवर्गिय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरुमा कमिटीको कूल सदस्य संख्यामा ५०–५० प्रतिशत हुनेगरी मापदण्ड बनाएको थियो।

त्यसैअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको संयुक्त हस्ताक्षरमा फागुन ७ मा जारी परिपत्रमा ६८ जिल्लाका अध्यक्ष र सचिव टुंगो लगाएका हुन्।

बाँकी जिल्ला र अन्य पदाधिकारी भने अदालतको फैसलापछि टुंगो लगाउने तयारी यो समूहले गरेको छ।

नेकपा विभाजनपछि ओली समूहमा लागेका नेताका पद अहिले रिक्त थिए। यसअघि दाहाल नेपाल समूहले पार्टी विभाजनलगत्तै प्रदेश इन्चार्ज भने तोकिसकेको छ।

More News last news
Loading...