गोरखाको बारपाकमा एकै परिवारका ३ जना मृत फेला

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन्।

८४ वर्षीय टिल बहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइत कुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ सोमवार बिहान घरमै मृत फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

‘बिहान अवेरसम्म पनि घरको ढोका नखुलेको र मान्छेको चहलपहल पनि नभएपछि गाउँलेले ढोका खोलेर हेर्दा तीनै जना मृत अवस्थामा देखिएका एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए । जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

मृतकहरुको मुखबाट फिज आएकाले विषालु च्याउ खाएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको एसपी गुरुङले बताए। पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रहरीले जानकारी दिएको छ।

More News last news
Loading...