प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश

विराटनगर । सत्तारुढ नेकपा ओली समूहको असन्तुष्टिका बीच प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ।

राईविरुद्ध प्रचण्ड-माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर ओली समूहले नेकपा राजनीतिक रुपमा फुटे पनि कानूनी रुपमा नफुटेको भन्दै बैधानिकताबारे प्रश्न गर्दै आएको थियो।

Advertisement

आइतबार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर यसबारे स्मरण गराएका थिए। तर सभामुख प्रदीपकुमार भण्डारीले बैठक राखे र उक्त बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश भएको छ।

अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गरेका छन्।

More News last news
Loading...