नेताहरूले गणतन्त्रलाई गाईजात्रा बनाए : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका छन्।

मुलुकमा पछिल्ला समय बिभिन्न राजनीतिक दलका नेताहरुको क्रियाकलापलाई लिएर टिप्पणी गर्दै अध्यक्ष थापाले यस्तो आरोप लगाएका छन्।

Advertisement

आज सामाजिक सञ्जाल माफर्त अध्यक्ष थापाले आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी, राष्ट्रपती र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीश विरुद्ध मुद्दा हाल्ने, सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने धम्क्याउने, कार्यहरू गरेर नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाएको टिप्पणी गरेका छन्।

More News last news
Loading...