प्रचण्ड समुहमा गएका शेरबहादुर दम्पती ओली समूहमा फिर्ता

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय कमिटी सदस्य शेरबहादुर तामाङ र उनकी श्रीमती प्रदेश १ की प्रदेश सभा सांसद उषाकला राई ओली समूहमा फर्किएका छन्।

दुई महिनाअघि पार्टी विभाजन हुँदा एकपटक ओली समूहको संसदीय दलको बैठकमा गएका शेरबहादुर तामाङ त्यसपछि दाहाल–नेपाल समूहमा गएका थिए । पार्टी विभाजनको दुई महिनापछि भने तामाङ र राई पुनः ओली समूहमै फर्किएका छन्।

Advertisement

पुष्पकमल दाहाललाई नेता नै मान्न नसकिएका कारण आफूहरू ओली समूहतर्फ प्रवेश गरेको पूर्वमन्त्री तामाङको भनाइ छ । साथै उनले दाहाल–नेपाल समूहमा नेताको व्यवस्थापनमा पनि समस्या रहेको बताएका छन् ।

तामाङ र राईले दुई महिना अघि केपी ओलीले गरेको असंवैधानिक कदमको साथ दिन नसक्ने भन्दै दाहाल–नेपाल समूहमा गएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा भएको सभामा पूर्वमन्त्री तामाङ र प्रदेशसभा सांसद् राई आफूहरुको समूहमा आएको जानकारी दिए। यसै गरी अन्य नेताहरू पनि मुल पार्टीमै आउने ओलीको दावी छ।

More News last news
Loading...