काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले चुनाव गराउने नाममा संविधानलाई भुटेर खाने कि संविधानाई बचाउने ? भन्ने प्रश्न तेर्साएका छन्।
उनले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा नगरेको पनि गुनासो गरेका छन्। उनले संसद पूनःस्थापना नभए देश कुन दिशामा अघि बढ्ला त ? भनेर प्रश्नसमेत तेर्साएका छन्।
आज (शुक्रबार) शोभाकर पराजुलीद्वारा लिखिनत समाजवाद र वीपी कोइराला तथा वीपी विचार संग्रह पुस्तकको विमोचन गर्दै यादवले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले दलभित्रको विवादले संसद विघटन गर्न नहुने थियो र रोक्नुपर्ने थियो भन्ने भनाई राखे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
