अन्ततः दिनेशद्वारा भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार

काठमाडौँ । प्रहरी हिरासतमा रहेका दिनेश भट्टले अन्ततः बैतडीको भागरथी भट्टको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू उनले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका हुन्।

Advertisement

भट्टको हत्या गरेको स्वीकार गरेका उनले बलात्कार भने नगरेको दाबी गरेका थिए । जबकी पोष्टमार्टम प्रतिवेदन आधारमा प्रहरीले बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो।

भट्टले बलात्कार गरेको स्वीकार नगरेका कारण पीडित परिवारले प्रहरीको अनुसन्धानमा शंका गरेका थिए र बलात्कारी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका थिए।

तर बिहीबार अनुसन्धान अधिकृत र प्रहरी हिरासतमा आफूलाई भेट्न आएका परिवारका सदस्यसँग पनि भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्।

प्रहरीले दिनेशकै बयानका आधारमा भागरथीको घडीसमेत घटनास्थलबाट बरामद गरेको छ। अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार हत्यापछि घडी र मोबाइल झरेको उनले बताएका थिए।

‘घटनास्थलमा मोबाइल मात्र बरामद भएको थियो, हामीले घडीबारे सोध्दा अलि माथि फालेको उनले सुनाए’, अनुसन्धान अधिकृत स्रोतले भन्यो, ‘त्यहाँ गएर हेर्दा घडी पनि भेटियो।’

More News last news
Loading...