काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पतन अब धेरै टाढा नभएको बताएका छन् ।
बैतडीमा आयोजित काँग्रेसको विरोध सभामा ओली समूहको आक्रमणको घटनामा सामाजिक सञ्जालमा टिप्पणी गर्दै थापाले सरकारको आयु अब धेरै नभएको बताएका हुन् ।
केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली काँग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापालगायत सहभागी सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय भएको उनको भनाइ छ।
उनले लेखेका छन्, ‘बैतडीमा नेपाली काँग्रेसको सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय छ। हिंसा कायरहरूको हतियार हो। निषेध र आक्रमणको यो शैली सत्ता–शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो। वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अव धेरै टाढा छैन।’

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
