काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधान नहुँदै निर्वाचन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने तयारी गरेको छ।
सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ। तर, नेकपाको विवाद अझै पनि हल भएको छैन्।
यस्तो अवस्थामा कसरी चुनाव होला रु भनेर चौतर्फी प्रश्न उठिरहेको छ।
आयोगनिकट उच्च स्रोतले जनाएअनुसार निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार भैसकेको छ।
आयोगले दलहरुसँग सुझाव पनि लिने प्रक्रिया सुरु गरिसकेको छ । हालै नेताहरु आयोग कार्यालयमा पुगेर आ–आफ्ना धारणा राखेका थिए।
नेकपा दाहाल–नेपाल समूहका नेता लिलामणि पोखरेले नेकपाको विवाद नै हल नगरी कसरी निर्वाचन हुन्छ रु भन्दै प्रश्न राखेका थिए।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बहस जारी छ। आज एमिकस क्युरीको तर्फबाट बहस जारी छ। सुरुमा बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
