पार्टीभित्रैबाट समानान्तर सत्ता सञ्चालन गर्न खोजेपछि संसद भंग गरेँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी (नेकपा) का केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि आफूले प्रतिनिधिसभा विघटन गर्न बाध्य हुनुपरेको बताएका छन् ।

आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

‘पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर मैले प्रयास गरेँ तर त्यो सफल हुन सकेन’, उनले भने, ‘सुरुदेखि नै अप्ठ्यारो भए पनि एक वर्षदेखि गठबन्धन सरकारको जस्तो नियती भोग्नु परेको पर्यो।’

प्रधानमन्त्री ओलीले सरकारले ल्याएका विधेयकहरु छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र भए सुनुवाई समितिमा अड्काउने काम भएका पनि आरोप लगाएका छन् ।

‘अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भयो’, उनले थप्नुभयो, ‘यदि संसद विघटन नगरेको भए एकीकृत पार्टी नहुने, कसैसँग बहुमत नहुनुका साथै स्थिरतासमेत आउने थियो।’

More News last news
Loading...