नेपाल तरुण दलका महामन्त्री भुपेन्द्र जंग शाहीलाई हृदयघात

काठमाडौँ । नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष, नेपाल तरुण दलका महामन्त्री भुपेन्द्र जंग शाहीलाई हृदयघात भएको छ।

मध्यराति अचानक हृदयघात भएका शाहीलाई १२ बजे महाराजगन्ज स्थित मनमोहन हस्पिटल पुर्याइएको थियो। अहिले उनको उक्त अस्पतालमा उपचार भइरहेको छ। उनको सफल शल्यक्रिया भएको र स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारीक स्रोतले जनाएको छ।

Advertisement

उनका सहकर्मी तथा सुभचिन्तकले सामाजिक सञ्जाल फेसबुक मार्फत उनको स्वास्थ्य लाभको कामना गरेका छन्।

More News last news
Loading...