सपना रोकाले दिइन् विनयजंग बस्नेतविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ । बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विनयजंग बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी छन्।

सपनाले महानगरीय प्रहरी परिसर टेकुमा आइतबार बस्नेतविरुद्ध जाहेरी दिएको एसएसपी अशोक सिंहले जानकारी दिए। उनका अनुसार बस्नेतले अनलाइनमार्फत अभद्र व्यवहार गरेको सपनाको उजुरीमा छ।

Advertisement

सपनाको उजुरीपछि बस्नेतको खोजतलास भइरहेको र छिट्टै नियन्त्रणमा पर्ने एसएसपी सिंहले बताए।

बेवारिसे शव व्यवस्थापन गरी चर्चामा आएकी सपना बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी थिइन्। सपनाले बस्नेतसँग सहकार्य गर्दै बेवारिसे शव जलाउँदै आएकी थिइन्।

More News last news
Loading...