काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध फागुन ३ गते ७७ वटै जिल्लामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्।
जिल्ला कार्यसमितिहरूले आयोजना गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन आज देउवाले विज्ञप्तिमार्फत अपिल गरेका हुन्। विज्ञप्तिमा सभापति देउवाले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भएको उल्लेख गरेका छन्।
उनले संविधानमा भएको व्यवस्थाविपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ आन्दोलनमा लाग्नेसमेत बताएका छन्।
यस्तो छ सभापति देउवाको प्रेस विज्ञप्ति

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
