काठमाडौँ । आज फेब्रुवरी १३ अर्थात १०औँ विश्व रेडियो दिवस ‘नयाँ विश्व, नयाँ रेडियो’ भन्ने नारासहित मनाइँदै छ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुवरी १३ मा रेडियो दिवस मनाउने शुरुवात गरिएको हो।
स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो।
त्यसपछि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष फेब्रुवरी १३ मा विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो।
नेपालमा वि.सं. २००३ सालमा काठमाडौँमा रेडियोको प्रशारण शुरु भएपनि औपचारिक रुपमा भने वि।सं २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन शुरु भएको हो।
नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली काँग्रेसले रेडियोको प्रसारण शुरु गरेको थियो। नेपालमा ०५२ सालदेखि निजी क्षेत्रबाट एफएम रेडियोहरुको प्रसारण भएको हो।
हाल नेपालमा सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनका लागि इजाजत प्राप्त एफएम रेडियोको संख्या ९ सय हाराहारी छन् भने ७ सय भन्दा बढी रेडियोले नियमित प्रसारण गरिरहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
