नेकपा नेता रघुजी पन्तलाई शिव सेनाको धम्की !

'पाखण्डी नेताहरुको हिसावकिताव हुन्छ'

काठमाडौँ । शिव सेना नेपालले पशुपतिनाथप्रति अनास्था फैलाएको र समस्त सनातन हिन्दू धर्म माथि हमला गरेको भन्दै नेकपा प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्त लगायतका नेताहरुहरुलाई धम्की दिएको छ।

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ ले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी त्यस्ता नेताहरुको हिसावकिताव राख्ने भन्दै धम्की दिएका हुन्।

Advertisement

‘हामी शिव सैनिक जरुर हौं, तर हामी शान्तिलाई प्राथमिकतामा राख्छौं । शान्तिका सबै मार्ग बन्द भएपछि मात्रै हामी युद्धमा जान्छौं । हामी हिन्दुहरु देशमा बुहसंख्यक छौं, तर पनि हामीविरुद्ध नै विदेशीको इशारामा धार्मिक हिंसा भइरहेको छ। हिन्दुराष्ट नेपालको मान्यता खोसेर हामी बहुसंख्यकमाथि विदेशीका लागि काम गर्नेहरुले पहिचानविहिन बनाएका छन् । यति हुँदा पनि हामी शान्त थियौं’ विज्ञप्तिमा भनिएको छ–‘हामी युद्धबाट त कहिले पनि भाग्दैनौं । तर यस्तो युद्धमा निर्दोशलाई अघि सारेर धूर्त राजनितीज्ञ स्याल आफू भाग्ने गर्छन् । यहि भएर पनि हामी केही संयम छौं । हाम्रो संयमतालाई कमजोरी नठानियोस् । समयमा सबैको हिसाब किताब हुनेछ।’

विज्ञप्तिमा केही विधर्मी नेताहरुले भगवान श्री पशुपतिनाथविरुद्ध अनास्था फैलाउने प्रयास गरेको र ‘राजनिती गर्ने हौं भन्नेहरु अपराधी’द्वारा श्री ५ बीरेन्द्रसँग जोडेर भगवान श्री पशुपतिनाथबारे अनास्था फैलाउने कार्य गरेको उल्लेख छ । ‘आमसभाको आयोजनाका क्रममा ‘पशुपतिनाथले कसैको रक्षा गर्दैनन्, राजा वीरेन्द्रको पनि गरेनन’ भन्ने जस्तो अधार्मिक, असभ्य टिप्पणी अपराधको जगमा उभिएर राजनिती गर्ने अपराधी नेताहरुले गरेका छन्’–विज्ञप्तिमा भनिएको छ, ‘भगवान पशुपतिनाथको शरणमा कोही जान चाहँदैनन्, बिदेशी धर्मको पक्ष पोषण गरिरहन्छन् भने पनि हामीलाई त्यसमा कुनै परवाह छैन । तर तीन करोड नेपाली जनता र विश्वभरका हिन्दूहरुका आस्थाका केन्द्र पशुपतिनाथविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने अधिकार कसैलाई छैन।’

पशुपतिनाथलाई स्वीकार गर्नु–नगर्नु कसैको निजी विचाररअधिकार भएपनि पशुपतिनाथबारे भद्दा टिप्पणी गर्नु कसैको निजी विचारर अधिकार हुन नसक्ने अध्यक्ष वस्नेतले वताएका छन्।

यस्तो छ शिव सेनाको विज्ञप्ति :

‘पशुपतिनाथमाथिको अनास्था – समस्त सनातन हिन्दू धर्म माथिको हमला’

यसपटक केही विधर्मी नेताहरुले भगवान श्री पशुपतिनाथविरुद्ध अनास्था फैल्याउने प्रयास गरेका छन् । श्री ५ बीरेन्द्रसँग जोडेर भगवान श्री पशुपतिनाथबारे अनास्था फैल्याउने कार्य राजनिती गर्न हौं भन्नेहरु अपराधी द्वारा गरेका छन् । आमसभाको आयोजनाका क्रममा ‘पशुपतिनाथले कसैको रक्षा गर्दैनन्, राजा वीरेन्द्रको पनि गरेनन्’ भन्ने जस्तो अधार्मिक, असभ्य टिप्पणी अपराधको जग उभिएर राजनिती गर्न अपराधी नेताहरुले गरेका छन् ।

भगवान पशुपतिनाथको शरणमा कोही जान चाहँदैनन्, बिदेसी धर्मको पक्ष पोषण गरिरहन्छन् भने पनि हामीलाई त्यसमा कुनै परवाह छैन । तर तीन करोड नेपाली जनता र विश्वभरका हिन्दूहरुका आस्थाका केन्द्र पशुपतिनाथविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने अधिकार कसैलाई छैन ।

पशुपतिनाथलाई स्वीकार गर्नु नगर्नु, त्यो कसैको निजी विचार हुन सक्ला । तर पशुपतिनाथबारे यस्तो भद्दा टिप्पणी गर्नु कसैको निजी विचार हुन सक्दैन । पशुपतिनाथविरुद्धको यस्तो विष वमन समस्त हिन्दु धर्मालम्वीहरुविरुद्धको धार्मिक हिंसा हो । शिव सेना नेपालले आफूलाई भगवान पशुपतिनाथ, भोलेबाबाको सेना ठान्दै आएको छ । यसकारण पाखण्डी, धर्म बिक्रेता नेताहरुले पशुपतिनाथविरुद्ध विष वमन गर्दा हामीलाई धार्मिक युद्धकालागि खुला आह्वान गरेको अनुभूति हुन्छ ।

हामी शिव सैनिक जरुर हौं । तर हामी शान्तिलाई प्राथमिकतामा राख्छौं । शान्तिका सबै मार्ग बन्द भएपछि मात्रै हामी युद्धमा जान्छौं । हामी हिन्दुहरु देशमा बुहसंख्यक छौं, तर पनि हामीविरुद्ध नै विदेशीको इशारामा धार्मिक हिंसा भइरहेको छ । हिन्दुराष्ट नेपालको मान्यता खोसेर हामी बहुसंख्यकमाथि विदेशीका लागि काम गर्नेहरुले पहिचानविहिन बनाएका छन् । यति हुँदा पनि हामी शान्त थियौं ।

हामी युद्धबाट त कहिले पनि भाग्दैनौं । तर यस्तो युद्धमा निर्दोशलाई अघि सारेर धूर्त राजनिती स्याल आफू भाग्ने गर्छन् । यहि भएर पनि हामी केही संयम छौं । हाम्रो संयमतालाई कमजोरी नठानियोस् । समयमा सबैको हिसाब किताब हुनेछ

अनिल बस्नेत बाबा
अध्यक्ष, शिव सेना नेपाल
२०७७ माघ ३० गते

More News last news
Loading...