गण्डकी प्रदेशकी स्वास्थ्यमन्त्री पुन कोरोना संक्रमित, आइसोलेसन भर्ना

पोखरा । गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनलाई कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन भर्ना भएकी छन्।

मन्त्री पुनलाई रुघाखोकी र ज्वारो लगायतका समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा पीसीआर परिक्षण परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।

Advertisement

त्यसैगरी मन्त्री पुनसँगै सामाजिक मन्त्रालयका सचिव बिनोद कुँवरलाइ समेत कोरोना संक्रमण पुष्टि भएपनि उनी समेत आइसोलेसनमा भर्ना भएका छन्।

कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री पुन र सचिव कुँवर प्रदेश सरकारले बनाएको गण्डकी प्रदेशको एकमात्र संक्रामक तथा सरुवा रोग अस्पताल सिसुवाको आइसोलेसनमा भर्ना भएका हुन्।

कोरोना संक्रमण पुष्टि भएपछि अस्पमतालको आइसोलेसनमा भर्ना भएकी मन्त्री पुनको स्वास्थ्य सुधारोन्मुख रहेको सरुवा रोग अस्पतालका निर्देशक डा।विकास गौचनले जानकारी दिए।

उनका अनुसार सचिव कुँवरको स्वास्थ्य अवस्था सामान्य रहेको छ। सचिव कुँबर १ हप्तादेखि आइसोलेसनमा बस्दै आएका छन्। प्रदेशका विभिन्न जिल्लाहरुमा हिमपातसँगै चिसो बढेको कारण रुधाखोकी र निमुनियाका बिरामीको संख्या बृद्धी भएका चिकित्सकहरुले बताएका छन्।

गण्डकी प्रदेशमा हालसम्म १५ हजार ७ सय ७७ जनालाई कोरोना संक्रमण भएको छ। तीमध्ये १५ हजार २ सय ६० जना निको भएर घर फर्किएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेशमा हालसम्म २ सय ३ संक्रमितको मृत्यु भइसकेको छ।

More News last news
Loading...