काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले जनयुद्ध दिवस मनाउने भएको छ।
प्रचण्ड–नेपाल समूहको केन्द्रीय कार्यालयका सचिव गङ्गालाल तुलाधरले एक सर्कुलर जारी गर्दै जनयुद्ध दिवस भव्यताका साथ मनाउन अनुरोध गरेका छन्।
‘शहीद स्मृति तथा सम्मान कार्यक्रम’ को ब्यानरमा जनयुद्ध दिवसको कार्यक्रम भव्यताका साथ मनाउन पार्टीका जिल्ला कमिटीहरूलाई केन्द्रले अनुरोध गरेको छ।
तत्कालीन नेकपा माओवादीले फागुन १ गते नेपालमा जनयुद्ध सुरु गरेका थिए। त्यसै अनुसार प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
