काठमाडौँ । सरकारले राष्ट्रपति विरुद्ध बोलेको आरोपमा नेकपा नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरेको भन्दै काँग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले विरोध गरेका छन् ।
सामाजिक सञ्जालमार्फत पार्टी केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले हामीले ल्याएको लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार छ । सबै बोल्न पाउँछन् भन्दै नेतृ झाँक्रीलाई बिनासर्त रिहा गर्न माग गरेका छन् ।
पौडेलले भनेका छन्, “फासिष्ट सरकार हिंसा र बलात्कार देख्दैन । बोलेकै भरमा बन्दुक तेर्साउछ । टिप्पणी गरेको आधारमै जेल देखाएर नागरिक तर्साउँछ । हामीले ल्याएको लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार छ । सबै बोल्न पाउँछन् । राम कुमारी झाँक्रीलाई बिना सर्त रिहा गर ।”
झाँक्रीलाई राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार उनको शंखमूलस्थित निवासबाटै पक्राउ गरेको छ।

प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसुरमा पक्राउ गरेको बताएको छ । झाँक्रीलाई पक्राउ गरेपछि नागरिक स्वतन्त्रता भएको भन्दै विभिन्न दलका नेता कार्यकर्ताले विरोध गरेका छन् ।
बिहीबार साँझ संघीय राजधानी काठमाडौँका विभिन्न स्थानमा उनको रिहाइ र ओली सरकारको विरोधमा ठाउँठाउँमा प्रदर्शन भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
