राज्यविरुद्ध अपराध गरेको आरोपमा रामकुमारी झाँक्री पक्राउ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो।

Advertisement

महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो। अहिले झाँक्रीलाई बानेश्वरस्थित महानगरीय प्रहरी महाशाखाको कार्यालयमा राखिएको छ।

नेतृ झाँक्रीलाईै प्रहरीले राज्यविरुद्ध अपराध गरेको आरोप लगाएको छ। उनीविरुद्ध आज पक्राउ पुर्जी जारी गर्दै महानगरीय अपराध महाशाखाले यस्तो आरोप लगाएको हो।

नेतृ झाँक्रीले एक साताअघि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विादास्पद अभिव्यक्ति दिएकी थिइन्।

यसअघि झाँक्रीलाई प्रहरीले सोधपुछका लागि भन्दै प्रहरीले बोलाएको थियो। तर, उनी उपस्थित नभएपछि प्रहरीले पक्राउको तयारी गरेको थियो।

More News last news
Loading...