प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि बहस अन्तिमतिर

सरकारी वकिलको बहस भोलिमात्रै हुने

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बुधबार पनि सरकारी पक्षका वकिलहरूले बहस गरेका छन् ।

गएको माघ ४ गतेदेखि संवैधानिक इजलासमा बहस सुरु भएकोमा १९ गतेदेखि प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सरकारको पक्षबाट वकिलले बहस गरिरहेका छन्।

Advertisement

प्रतिनिधिसभा विघटनको पक्षको बहस अन्तिम चरणमा पुगेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिहीवार एक घण्टामा बहस सक्न आग्रह गरेका छन्।

बुधवार १५ जना वकिलले बहस गरेका थिए। बहसमा वकिलहरूको नयाँ कुरा नआएपछि बुधवार केही वकिललाई दुई मिनेट मात्रै बहसको समय दिइएको थियो।

अब बिहीबार एक घण्टा ओली पक्षका वकिलले बहस गर्नेछन्। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाको तर्फका वकिलले बहस गर्ने तयारी छ।

त्यसपछि एमिकस क्युरीको बहस सुरु हुने सर्वोच्च अदालतले जनाएको छ। एमिकस क्युरीको बहस सकिएपछि अदालतले फैसला सुनाउने छ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको खारेज र संसद् पुनर्स्थापनाको माग राखेर सर्वोच्चमा १३ वटा रिट परेका छन्।

More News last news
Loading...