आँखाको उपचार गर्न हिँडेका काँग्रेस नेता जोशीको हृदयाघातबाट निधन

कञ्चनपुर । पूर्वसांसद गङ्गादत्त जोशीको वुधबार बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ।

केही दिनअघि आँखाको शल्यक्रिया गरेका नेपाली काँग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको बुधबार बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै निधन भएको हो।

Advertisement

‘नातिनीको स्कुटरमा चढेर गेटा आँखा अस्पताल जाने क्रममा उनलाई घर नजिकै हृदयाघात भयो’, काँग्रेस कञ्चनपुरका पार्टी सचिव ईश्वरीप्रसाद जोशीले भने, ‘उनलाई उपचारका लागि महाकाली अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खबर छ।’

उनको शव महाकाली अस्पतालमा राखिएको छ। परिवारका सदस्यसितको सल्लाहमा दाहसंस्कार गरिने जोशीले बताए। वृद्धावस्थामा पनि राजनीतिमा सक्रिय जोशीले उच्च रक्तचापको समस्या बुझिएको छ।

More News last news
Loading...