काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षको विरोध सभास्थलमा निस्किएको फोहोरको व्यवस्थापन सोही पार्टीका नेता कार्यकर्ताहरुले गरेका छन्।
बुधबार काठमाडौँको भृकुटीमण्डपमा सभा समापनलगत्तै पार्टीका नेता कार्यकर्ता आफैँ जुटेर कार्यक्रमस्थलको फोहोर व्यवस्थापन गरेका हुन्।
यसअघि कुनै पनि पार्टीले कार्यक्रम गर्दा आयोजक पक्षले फोहर व्यवस्थापन नगर्ने गरे पनि नेकपा प्रचण्ड-माधव पक्षले फोहोर व्यवस्थापन गरेको हो। फोहोर व्यवस्थापनमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत स्वयंसेवकको टोली खटिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
