काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समुहले राजधानी काठमाडौंमा तेस्रोपटक शक्ति प्रदर्शन गर्ने भएको छ।
असंवैधानिक कदम सच्याउनुपर्ने माग गर्दै आन्दोलनरत प्रचण्ड–नेपाल समुहले सरकारविरुद्ध आज तेस्रोपटक शक्ति प्रदर्शन गर्न लागेको हो। माघ २३ गते नेकपा ओली समुहले नारायणहिटीअगाडि शक्ति प्रदर्शन गरेको थियो।
पर्वघोषित कार्यक्रमअन्तर्गत प्रचण्ड–नेपाल समुहले आज हुने शक्ति प्रदर्शनमार्फत जवाफ दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम सच्याउनुपर्ने माग राख्दै आएको उक्त समँहले काठमाडौंमा गर्ने बृहत् प्रदर्शनका लागि उपत्यकाबाहिरबाट समेत कार्यकर्ता ल्याउने भएको छ।
नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार आज काठमाडौंका मुख्य ५ स्थानबाट जुलुस निकाल्ने तयारी भएको छ । जुलुस निस्कने ५ स्थानमा विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ।
सो समुहको आज पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट जुलुस निस्कनेछ ।पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेताहरु प्रमेश हमाल तथा संघ–प्रदेशका सांसदहरुले गर्नेछन्।
त्यसैगरी त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठलगायत केन्द्रीय कमिटी सदस्यहरुले गर्नेछन्।
माइतीघरबाट निस्कने जुलुसमा नेताहरु अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीय कमिटीका सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरूले नेतृत्व गर्नेछन्।
नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरुले केशरमहलबाट निस्कने जुलुसको नेतृत्व गर्नेछन्।
जमलबाट निकाल्ने जुलुसमा लीलामणि पोखेल, केन्द्रीय कमिटी सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरुले गर्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ । मुल जुलुस भने सुन्धाराबाट शुरु हुनेछ।
सबैतिरका जुलुस मुल जुलसमा परिणत भएपछि वीर अस्पताल, जमल, घण्टाघर, बागबजार पुतलीसडक, पद्मोदयमोड हुँदै प्रदर्शनीमार्ग पुगेर सभामा परिणत हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
