काठमाडौँ । संवैधानिक नियुक्ति बदर गर्ने सभामुख अग्नि सापकोटाले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आइतवार विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको छ।
सभामुख सापकोटाले गत शुक्रबार संवैधानिक परिषदको निर्णय, निर्णयअनुसारको नियुक्ति र सपथ असंवैधानिक भएको भन्दै राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायत ३७ जनालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
