काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सरकारी बहस माघ ३० गतेभित्र सक्न निर्देशन दिए ।
बहसमा भाग लिने वकिलहरुले समय धेरै खर्चिएका कारण प्रधानन्यायाधीश राणाले २० मिनेटको समय तोक्दै छिटो बहस सक्न निर्देशन दिएका हुन् ।
रिटमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ। आइतबार संवैधानिक इजलासमा नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले बहस सकेसँगै सरकारी वकिलको तर्फबाट बहस सम्पन्न भएको हो।
आइतबार नै सरकारी वकिलको तर्फबाट उपन्यायाधिवक्ता दशरथ पंगेनी, अधिवक्ता श्यामकुमार भट्टराई र उद्धव प्रसाद पुडासैनीले बहस गरेका छन् ।
त्यस्तै, सरकारी वकिलको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलसहित ११ जनाले बहस गरी सकेका छन् । जसमा प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि बहस गरिसकेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
