गण्डकीका १८ हजार ४७२ ले लगाए कोभ्याक्स खोप

कास्की । गण्डकी प्रदेशमा १८ हजार ४ सय ७२ लाई खोप लगाइएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १७ हजार १ सय ९५ लाई खोप लगाउने लक्ष्य भए पनि लक्ष्यभन्दा बढीलाई खोप लगाइएको छ।

Advertisement

स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार कास्कीमा सात हजार १३३, गोरखामा एक हजार ५५९, नवलपुरमा ९६०, पर्वतमा एक हजार ३०, बागलुङमा एक हजार ७२९, मनाङमा १६१, मुस्ताङमा २२६, म्याग्दीमा ८९४, लमजुङमा एक हजार ४५० र स्याङ्जामा एक हजार ४९६ लाई खोप लगाइएको छ।

More News last news
Loading...