काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंबैधानिक कदमको विरोधमा नेपाली कांग्रेसका कांग्रेसको शुभेच्छुक संगठनहरू देशब्यापी प्रदर्शनमा उत्रिएका छन् ।
प्रतिनिधिसभा विघटन बिरुद्धमा सडकमा उत्रिएको काँग्रेसका शुभेच्छुक संगठनहरू प्रदशनमा उत्रिएका हुन् । पुस ५ मा ओली सरकारले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ। पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ गते कांग्रेसले विभिन्न तहमा पार्टी र भ्रातृ संस्थाहरूबाट प्रदर्शन गरेको छ।
शनिबार दिउँसो १२ बजे देखि १२ः३० बजेसम्म देशका ७७ वटै जिल्लामा मानव साङ्लोसहित प्रदर्शन गर्ने कांग्रेसको पूर्व घोषित कार्यक्रमअनुसार नै उसले आज विरोध कार्यक्रम सम्पन्न गरेको हो। काठमाडौंको टुँडिखेल आसपासमा कालोपट्टीसहित मानव साङ्लो निकालिएको छ।
यसैबीच, प्रवक्ता विश्वप्रकाश शर्माले अझ व्यापकताका लागि आन्दोलनका कार्यक्रमहरूमा सहभागिताका लागि अपिल गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
