काठमाडौँ । नेकपा प्रचण्ड-माधव पक्षको आम हड्तालका क्रममा जनकपुर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आन्दोलनकारी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन्।
जनकपुरको शिवचोकमा प्रहरीले प्रदर्शनकारीलाई अवरोध गर्न खोज्दा भएको झडपमा दुवैतर्फ घाइते भएका हुन्।
अन्दोलनकारीतिर नेकपाका नेता रामचन्द्र झा, मातृका यादव, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, प्रदिप साह लगायत घायते भएका छन्।
नेता झाको टाउको र यादवको खुट्टामा चोट लागेको छ। झडपमा प्रहरी जवान लालबाबु राय गम्भीर घाइते भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
