काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आमहड्तालको प्रभाव देशैभर आंशिक रुपमा देखिएको छ।
सार्वजनिक गाडीको संख्या कम भए पनि काठमाडौँ उपत्यका दूध, तरकारीलगायतका अत्यावश्यक सेवाका गाडी र निजी गाडी निर्बाधरुपमा चलिरहेका छन् । बिहान मुख्य नाका नागढुंगा भएर आउने रात्रि सेवाका बस पनि काठमाडौँ भित्रिएका छन्।
सडकमा र गाडीमा केही अवरोध हुनसक्ने आशंकामा बिहानदेखि नै चोक-चोकमा प्रहरी खटिएका छन्। काठमाडौँ उपत्यकामा सडक र गाडीमा अवरोध गर्न खोज्ने ४० जना पक्राउ परेका प्रहरीले जनाएको छ।
प्रहरीले सडकमा अवरोध गर्न खोज्नेलाई निगरानी गरिरहेको छ। यात्रामा केही समस्या भएका प्रहरीको हटलाइन १०० र ट्राफिक प्रहरीको हटलाइन १०३ मा सिधा सम्पर्क गर्न आग्रह गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
