आमहड्ताल बारे गृहले भन्योः ‘सुरक्षा व्यवस्था हुन्छ, निर्धक्क उद्योग चलाउनू’

काठमाडौँ । गृह मन्त्रालयले विहीबार नेकपा दाहाल–नेपाल समूहले गर्न लागेको आमहड्तालप्रति ध्यानाकर्षण भएको जनाएको छ।

बुधबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले दैनिक रूपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा-अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने जनाएको छ।

Advertisement

तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेका पाइए त्यस्ता गतिविधिमा संलग्नलाई कानून बमोजिम कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

मन्त्रालयले उद्योग धन्दा, पेसा, व्यवसाय पूर्ववत् रूपमा निर्धक्क भएर सञ्चालन गर्न आग्रह गरेको छ।

यस्तो छ गृह मन्त्रालयको विज्ञप्ति

More News last news
Loading...