काठमाडौँ । ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणमा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ।
व्यवसायी गुरुङमाथि ललिता निवास जग्गा हिनामिनाको अभियोग लागेको करिब एक वर्षपछि बुधबार विशेष अदालत उपस्थित भएका थिए।
विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले गुरुङलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो।
उनीविरुद्ध ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
