मध्यराति मनाङ पुग्यो भूकम्प, गण्डकीका अधिकांश जिल्लामा कम्पन

पोखरा । मंगलबार राति गएको भूकम्पको केन्द्रबिन्दू मनाङ भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५९ मिनेट जाँदा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

Advertisement

उक्त भूकम्प जाँदा गण्डकी प्रदेशका अधिकांश जिल्लामा कम्पन महशुस भएको थियो । पोखरा, दुलेगौँडा, दमौली, लेखनाथ, बागलुङ लगायतका स्थानका वासिन्दा त्रसित भएका थिए ।

यसअघि माघ १ गते दोलखा केन्द्रबिन्दू भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

More News last news
Loading...