भर्खरै गण्डकीका केही जिल्लामा भूकम्पको धक्का

पोखरा । भर्खरै गण्डकी प्रदेशका कास्की, तनहुँका केही स्थानमा भूकम्प गएको छ । मंगलबार राति १० बजेर ७ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको स्थानीयले बताएका छन् ।

उनीहरुका अनुसार, पोखरादेखि लेखनाथ, रुपा, अन्नपूर्ण, दुलेगौाडा, दमौली लगायतका ठाउँमा जमिन हल्लिएको हो । सुत्ने बेलामा भूकम्पको धक्का महशुस भएपनि केही स्थानीयहरु घरबाहिर निस्किएका छन् ।

Advertisement

भूकम्प कुन स्थानलाई केन्द्र बिन्दू बनाएर गएको हो र कति रेक्टरको गएको हो भन्नेबारे केही खुल्न सकेको छैन ।

यो पनि पढ्नुहोस्

पोखरामा आफ्नै घरको तीन तल्लामाथिबाट खसेर एक व्यक्तिको मृत्यु

पोखरा–५ पस्र्याङ निवासी ५५ वर्षीय भुपाल रेग्मीको आफ्नै घरको तीन तल्लामाथिबाट खसेर मृत्यु भएको छ।

आइतबार दिउँसो १२ः३० बजे अचानक तीन तलामाथिबाट भुईमा खस्दा गम्भीर घाइते भएका रेग्मीको पोखरा स्थित फेवासिटी अस्पतालमा उपचारकै क्रममा मंगलबार दिउँसो ३ः०० बजे मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

रेग्मीलाई शुरुमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको भएपनि थप उपचारका लागि सोही दिन फेवासिटी अस्पताल रिफर गरिएको थियो। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

More News last news
Loading...