काठमाडौँ । भारतले नेपाललाई दिने अनुदानको आकार बढाएको छ। सोमबार भारतको संघीय सरकारले घोषणा गरेको बजेटमा नेपाललाई अनुदान दिन ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ छुट्याएको हो। अहिलेका विनिमय दर अनुसार यो रकम १५ अर्ब ८७ करोड नेपाली रुपैयाँ बराबर हुन आउँछ।
अघिल्लो वर्ष भारतले नेपाललाई अनुदान दिन ८ अर्ब ८० करोड भारतीय रुपैयाँ मात्रै छुट्याएकोे थियो। यो वर्ष अनुदान रकम करिब १२.७२ प्रतिशतले बढेको हो।
त्यसो त सन् २०१९ मा नेपाललाई भारतले ११ अर्ब ९८ करोड रुपैयाँ सहयोग गरेको थियो। अहिले घोषणा गरिएको रकम त्यो भन्दा कम हो।
भारतले भुटान, अफगानिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, माल्म्भिस, म्यान्मार र मंगोलियालाई देश तोकेरै सहयोग गर्दै आएको छ।
त्यसबाहेक अफ्रिकी, युरोएशियन, ल्याटिन अमेरिकी लगायत अन्य विकासशील राष्ट्रहरुलाई समेत भारतले सहयोग गर्दै आएको छ। यो वर्ष भुटानलाई सहयोग गर्न सबैभन्दा बढी २१ अर्ब २४ करोड भारु विनियोजन गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
