प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता

काठमाडौँ । अदालतको अवहेलना गरेको भन्दै नेकपा (प्रचण्ड-माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ। अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध मुद्दा दर्ता गराएका हुन्।

निवेदन आज दर्ता गरी भोलिको लागि पेसी तोकिएको छ। प्रचण्डले पटक-पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको दाबी छ।

Advertisement

यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको थियो। उनीहरुलाई सर्वोच्चले लिखित जवाफ माग गरेको छ।

More News last news
Loading...