काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली काँग्रेसका १३ वटा भातृ संगठनले आज (सोमबार) ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दै छन्
काँग्रेसका १३ वटै भातृ संगठनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटनको विरुद्धमा देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको जनाएका छन्।
जारी विज्ञप्तिमा भनिएको छ, “संसद् विघटन मार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं।”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
