‘श्री ५ को सरकार’ उच्चारण गरेका मन्त्री थापाले मागे माफी

काठमाडौँ । खानेपानी मन्त्री मणि थापाले सार्वजनिक कार्यक्रममा ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन्।

शनिबार सुर्खेतमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ भनेर उच्चारण गरेका थिए।

Advertisement

उनले आइतबार सामाजिक सन्जालमा स्टाटस राख्दै नेपाल सरकार भन्नुपर्नेमा भूलबस अन्यथा शब्द प्रयोग हुन गएको भन्दै क्षमा मागेका छन्।

‘कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ,’ मन्त्री थापाले भने, ‘आम नेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु।’

उनले अगाडि लेखेका छन्, ‘मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु। भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु।’

पूर्वमाओवादी नेता मणि थापा हाल ओली समूहमा लागेर खानेपानी मन्त्री बनेका छन्।

More News last news
Loading...