पोखरा । एपिएफमा माथि ३३ रनको रोमाञ्चक जीत निकाल्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता बनेको छ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आर्मीले दिएको २ सय १२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा एपिएफले ४१.३ ओभर सबै विकेट गुमाएर १ सय ७८ रनमो समेटिँदा आर्मी विजयी भएको हो।
आर्मीले चौथो पटको प्रयासमा विजयी ट्रफी उचाल्न सफल भएको हो। यस अघि सम्पन्न तीन संस्करण मध्ये पहिलो संस्करणमा संयुक्त रुपमा विजयी हुँदा त्यसपछिका संस्करणमा उपविजेता बनेको थियो।
दोस्रो संस्करणमा एपिएफबाट पराजित भएको थियो भने तेस्रो संस्करणको खेलमा अर्को विभागीय टोली नेपाल पुलिससँग स्तब्ध भएको थियो।
शनिबार भएको फाइलनमा एपिएफलाई दोस्रो संस्करणमा भोगेको पराजयको बदला लिएको हो। विजयी आर्मीले उपाधिसँगै नगद १० लाख रुपैयाँ हात पारेको छ। यस्तै उपविजेतमा सीमित भएको एपिएफले नगद पाँच लाख रुपैयाँ हात पार्यो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
