काठमाडौं । कुखुरा, हाँसलगायत पंक्षीमा संक्रमण फैलिने बर्ड फ्लू तारकेश्वर नगरपालिकाका पंक्षीहरूमा भेटिएको छ।
भारतको विभिन्न राज्यहरुमा फैलिइरहेको बर्ड फ्लू फुटुङका स्थानीयले पालेको टर्की र हाँसमा पनि भेटिएको हो।
पशुसेवा विभागले शनिवार विज्ञप्ति निकाल्दै बर्ड फ्लू फैलिने थप खतराबाट बच्नका लागि पंक्षी फार्म परिसरमा सुरक्षाका विधिहरु अपनाउन आग्रह गरेको छ।
रोग देखिएको क्षेत्रका घरपालुवा पंक्षी तथा रोग सार्न सक्ने वस्तुहरु नष्ट गरिएको विभागले बताएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
