एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि आर्मी क्लबले उचालेको छ। एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मीले पहिलो पटक उपाधि हात पारेको हो।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ११ रन बनायो। जितका लागि २ सय १२ रनको लक्ष्य पछ्याएको एपीएफ ४१ ओभर तीन बलमा एक सय ७८ रनमा समेटियो।

Advertisement

एपीएफका आसिफ शेखले ६१ रनको अर्धशतकीय पारी खेले पनि हार टार्न सकेनन्। यस्तै शंकर रानाले २१, सुमित महर्जनले १९ रन, सुवास खकुरेल १४ रनमा आउट भए।

त्यस्तै एपीएफका कप्तान शरद भेषवाकर शून्य रनमा आउट भए। आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३र३ तथा सुशन भारीले १ विकेट लिए। आर्मीको जितमा हरी चौहानले ५८ रनको अर्धशतकीय पारी खेले।

त्यस्तै राजेश पुलामीले २८, शाहब आलमले २५, लोकेश बमले १५, सुशन भारी र रोहित पौडेल समान १३र१३ रन जोडे। अनिल मण्डल र बिक्रम शोब समान ११र११ रन बनाए।

एपीएफका अविनास बोहोराले ४ विकेट लिए। किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १र१ विकेट लिए।

More News last news
Loading...